The London College Top Banner Ad

शिक्षा तथा मानवस्रोत विकास केन्द्रको मनसुन पूर्वतयारीका लागि अनुरोध

Notice of Education and Human Resuources Development Center

सबै शिक्षा विकास तथा समन्वय इकाइ, स्थानीय तह र विद्यालयहरूका लागि शिक्षा तथा मानवस्रोत विकास केन्द्रको मनसुन पूर्वतयारीका लागि अनुरोध:

विद्यालयले गर्नुपर्ने कार्यहरू: 

१. मनसुन सुरू हुनु अगाडि यसबाट पर्नसक्ने सम्भावित विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनले कार्ययोजना निर्माण गर्ने,

२. मनसुन पूर्वतयारीका लागि मनसुन सुरूहुनुभन्दा पहिला आसन्न मनसुनका लागि विद्यालय परिवार, अभिभावक बिच समन्वय हुनेगरी विद्यालयले कम्तीमा २ पटक बैठक बसाउने,

३. प्रत्येक विद्यालय प्रवेशका लागि वैकल्पिक मार्गको व्यवस्था गर्ने,

४. डुवान हुन सक्ने क्षेत्रमा अवस्थित विद्यालयहरूमा सकेसम्म माथिल्लो तलामा शैक्षिक सामग्री तथा महत्त्वपूर्ण कागजातहरू राख्ने व्यवस्था गर्ने । यदि विद्यालयको भवन एक तले भएमा शैक्षिक सामग्रीहरू अग्लोभागमा सुरक्षित तवरले राख्ने,

५. डुवान हुन सक्ने विद्यालयहरूका विद्यार्थीहरूको शैक्षिक अवस्थामा लामो समयसम्म असर पर्न जाने हुँदा उक्त अवस्थाबाट सहजै पार पाउनका निमित्त वैकल्पिक पाठ्यपुस्तक तथा अन्य शैक्षिक सामग्रीको बन्दोवस्त गर्ने, 

६. मनसुन सुरू हुनुभन्दा पहिला विद्यालय परिवारले डुवानको समस्याको कारणले आफ्नो विद्यालयमा पर्न जाने सङ्कटासन्न अवस्थाको पहिचान गरी स्थानीय स्रोतसाधन (जस्तै ट्यूव, प्लाष्टिकका ठुला ग्यालन तथा पौडी तालिम) को अधिकतम परिचालन गरी हुन जाने क्षति न्यूनीकरण गर्ने,

७. मनसुन सुरू हुनुभन्दा पूर्व प्रत्येक विद्यालयले आफ्नो विद्यालयको भौतिक अवस्थाको जोखिम मूल्याङ्कन गरी ढल निकास तथा मेल (बाढी) तर्काउने कार्य गर्नु पर्ने,

८. विद्यालयले प्राकृतिक प्रकोप पूर्वतयारी प्रणालीलाई प्रभावकारी वनाउने,

९. विद्यालयहरूमा मनसुनका समयमा खानेपानीमा अवरोध हुनजाने भएकाले पानी ट्याङ्कीको मुखको उचाइ बढाउने,

१०. विद्यालयमा आपत्कालीन स्थानान्तरण योजना बनाउने र सोको आग्रिमरूपमा सम्पूर्ण विद्यार्थी, वि.व्य.स. तथा अभिभावक समितिलाई जानकारी गराउने,

११. बाढी आउनुभन्दा पूर्व विद्यार्थी तथा समुदायलाई अग्लो भनी तोकिएको सुरक्षित स्थानमा जानका लागि जानकारी गराउने, 

१२. विद्यालयका साना-साना बालबालिकालाई विद्यालयबाट ल्याउँदा वा लैजाँदा वैकल्पिक व्यवस्थाका लागि माध्यमिक तहका विद्यार्थीलाई अनिवार्य सहयोगका लागि सचेत गराउने,

१३. विद्यालयले आपत्कालीन अवस्थामा अस्थायी कक्षा सञ्चालन गर्नका लागि स्थान तथा सामग्रीहरूको व्यवस्था गर्ने,

१४. मनसुनका समयमा चट्याङको सम्भावना अधिक हुन जाने हुँदा विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई उक्त प्रकोपबाट हुनजाने क्षति न्यूनीकरण गर्नका निमित्त प्रभावकारी पूर्वतयारी (गड्याङ गुडुङ या झण्डै आधा घण्टाको अवधि भर कक्षा कोठामा सुरक्षित साथ वस्न लगाउने र बाहिर भए अग्ला हरिया रूख, बिजुलीका पोल तथा ट्रान्समिटरहरूभन्दा टाढा रहने वा नजिकका घरभित्र जाने) गर्ने,

१५. प्रायजसो मनसुनको समयमा विद्यार्थीहरू विद्यालय नजाने गरेका हुँदा उक्त अवधिमा पनि डुबानले क्षति पुन्याउन सक्ने पाठ्यपुस्तकको वैकल्पिक व्यवस्था गर्नुका साथै विद्यालय जान अभिभावक तथा विद्यार्थीहरूलाई सचेत गराउने ।

शिक्षा विकास तथा समन्वय ड्काइको भूमिका:

१. मनसुन सुरू हुनु पूर्व विपद्‌ व्यवस्थापन सम्बन्धी स्थानीय सरकारी, गैर सरकारी निकायसँग समन्वय तथा छलफल गर्ने,

२. विपद्‌ व्यवस्थापन सम्बन्धी सल्लाहकार समितिको बैठक बसाई मनसुनका कारणले विद्यालय क्षेत्रमा पर्नसक्ने जोखिम न्यूनीकरण गर्न आवश्यक कार्ययोजना निर्माण गर्ने,

३. जिल्लाका सम्पूर्ण विद्यालयहरूलाई आवश्यक कार्ययोजना निर्माण गर्न निर्देशन दिनुका साथै उक्त कार्ययोजना बनाए नबनाएको अनुगमन गर्ने,

४. मनसुनका कारण विद्यालयमा पर्न जाने सम्भावित क्षतिको पहिचान गरी उक्त क्षतिलाई न्यूनीकरण गर्न आवश्यक पूर्वतयारीका कार्यक्रम सञ्चालन गर्ने,

५. प्रत्येक विद्यालयलाई मनसुन पूर्वतयारीका लागि आपतृकालीन स्थान्तारण योजना निर्माण गर्न लगाउने,

६. जिल्लाका प्रत्येक विद्यालयका विद्यार्थीहरूलाई स्थानीय तहमा हुन सक्ने सम्भावित विपद्‌, असर र गर्नुपर्ने पूर्वतयारीका विषयमा जानकारी दिने । 

स्थानीय तहको भूमिका:

१. विद्यालयस्तरमा समुदाय, विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक र विद्यार्थीसमेतको सहभागितामा बाढीको सम्भावित जोखिम र सोको न्यूनीकरणका लागि पूर्व तयारी गर्न नियमित बैठक, छलफल तथा अन्तरक्रिया सञ्चालन गर्ने,

२. सामुदाय, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घलाई (१) विद्यालय सुरक्षा योजना, विपद्‌ जोखिम न्यूनीकरण (२) बाढीले थुपारेको फोहोरको सरसफाइ (३) अस्थायी सिकाइ कक्षा निर्माण तथा सञ्चालन र मर्मत सम्भार सम्बन्धी उनीहरूको भूमिका तथा जिम्मेवारी बारे अभिमुखीकरण गर्ने,

३. शिक्षकहरूलाई खोज तथा उद्धार कार्यमा खटाउँदा र विद्यालयलाई आश्रयस्थलका रूपमा प्रयोग गर्दा त्यसबाट शिक्षामा पर्ने प्रभावका सम्बन्धमा शिक्षकहरूलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने,

४. शिक्षा समूहका सदस्यहरू, शिक्षा विकास तथा समन्वय इकाइ, स्थानीय तह, विद्यालय व्यवस्थापन समिति र शिक्षक तथा विद्यार्थीहरूलाई विपद्‌ जोखिम न्यूनीकरण तथा अस्थायी सिकाइ केन्द्र स्थापना र व्यवस्थापनको मार्गदर्शन तथा आपतकालीन अवस्थाका लागि आवश्यक शैक्षिक सामग्रीहरू वितरण र व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन गराउने ।

  •  
Comments