TLC Banner

वैयक्तिक तया नौकरी विवरण फाराम दर्ता सम्वन्धमा सूचना प्रकाशित - विद्यालय शिक्षक किताबखाना

Personal and Service information Form Fill Up Notice
Personal and Service information Form Fill Up Notice

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय 

विद्यालय शिक्षक किताबखाना, म्यूजियम मार्ग, छाउनी काठमाडौं ।

विषयः- वैयक्तिक तया नौकरी विवरण फाराम दर्ता सम्वन्धमा ।

श्री शिक्षा विकास तथा समन्वय इकाई ७७ वटै ।

सामुदायिक विद्यालयमा कार्यरत अस्थायी शिक्षकहरुलाई अवकाश पश्चात दिइने सेवा सुविधा निर्धारण गर्ने कार्यबोझका कारण यस कार्यालयको च.नं. ६०८० मिति २०७६।०१।०९ को पत्रबाट रोकिन गएको वैयक्तक तथा नोकरी विवरण फाराम दर्ता कार्य हाल उक्त सेवा सुविधाको कार्यमा केही सहजता भएको हुँदा अव तहाँ इकाईले सिटरोल भर्न बाँकी स्वायी शिक्षकहरुको वैयक्तक तथा नोकरी विवरण (शिक्षा नियमावली २०५९ को अनुसुची-१६ वमोजिमको) फाराम जम्मा गरी तपशिलका कागजातहरु संलग्न गरी एकमुष्ट यस कार्यालयमा पठाउन हुन अनुरोध छ ।

संलग्न गर्नुपर्ने कागजातहरु:

१. शिक्षक वैयक्तिक तथा नोकरी विवरण (सिटरोल) फारम-४ प्रति (दिनेशकमार श्रेष्ठ)

२. स्थायी नियुक्ति पत्रको प्रमाणित प्रतिलिपि, का.मु.महानिदेशक

३. विद्यालयमा हाजिर भएको सक्कल पत्र,

४. सपथ ग्रहण गरेको सक्कल प्रमाण पत्र, 

५.निरोगिताको सक्कल प्रमाण पत्र,

६. सम्पुर्ण शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि,

७. नेपाली नागरिकताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि,

५. अध्यापन अनुमति पत्रको प्रमाणित प्रतिलिपि,

९. अस्थायी शिक्षकको हकमा अस्थायी नियुक्ति पत्रको प्रमाणित प्रतिलिपि,

नोटः- प्रत्येक शिक्षकलाई यसै साध संलग्न फाराम अनिबाय भर्न लगाउनु हुन । उक्त फाराम यस क्रार्यालयको website: www.stro.gov.np मा राखिएको व्यहोरा अनुरोध छ । उक्त फाराम भर्दा कालो मसीको प्रयोग गर्नु पर्ने छ ।

मिति:- २०७६।०३॥०५

Last updated on Jan 28, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.