TLC Banner

इसिडि शिक्षकमाथि श्रमशोषण भएकोे विषय संसदमा उठ्यो

Nepal Assembly
Nepal Assembly

सरकारले आर्थिक बर्ष २०७६ / ७७ सालको बजेट भाषणमा राष्टसेवक कर्मचारीको पारिश्रमिक १८ देखि २० प्रतिशत सम्म बढाए पनि इसिडि शिक्षक को पारिश्रमिक बृद्धि नगरेका कारण चौतर्फि विरोध भईरहेको थियो।

यसैगरी बुधवार प्रतिनिधि सभामा इसिडि शिक्षकमाथि सरकारले श्रम शोषण गरिरहेको विषय उठेकोछ । यस विषयमा प्रतिनिधि सभा सदस्य पदम गिरीले इसिडि शिक्षक माथि सरकारले न्यून पारिश्रमिक दिएर श्रम शोषण गरिरहेको भन्दै संसदको ध्यानाकर्ष गराएका हुन् । उनले साना नानीबाबुहरुलाई पढाउने सिकाउने, ती नानीबाबुको सिगान, दिसापिसाव पुछेर अक्षर चिनाउने इसिडि शिक्षकहरुको तलब एक पैसा नबढाइएको भन्दै आक्रोस व्यक्त गरे ।

सासंद गिरिले भने नेपाल सरकारले आफैले श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार पाँच सय निर्धारण गरेको, तर साना बाबुनानीको सिगान पुछेर अक्षर चिनाउने ति इसिडि शिक्षकहरु महिनाको ६ हजारमा काम गर्न बाध्य भएका छन । नेपाल सरकार आफैले बनाएको श्रम ऐन मिचेर श्रम शोषण गरिरहेको छ।

Last updated on May 15, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.