TLC Banner

माध्यमिक तहमा प्राविधिक धार सञ्चालन गर्ने सम्बन्धी जानकारी

Notice for the beginning of Technical Sector
Notice for the beginning of Technical Sector

नेपाल सरकार शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत बिकास केन्द्र, शैक्षिक प्रविधि शाखा 

विषय: प्राविधिक धार सञ्चालन गर्ने सम्बन्धी जानकारी ।

प्रस्तुत विषयमा विद्यालय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षा विस्तार गर्ने नेपाल सरकारको नीति बमोजिम शैक्षिक सत्र २०७६ देखि कक्षा ९ मा प्राविधिक तथा व्यावसायिक धार सञ्चालन गर्न अनुदान दिने सम्बन्धी केन्द्रीय निर्देशक समितिको मिति २०७६: ०१:०२ को निर्णय अनुसार छनोट भएका स्थानीय तह र विद्यालयहरूको सूची सार्वजनिक गरि सकिएको छ ।
सूचीमा उल्लेखित विद्यालयहरूलाई तपसिलका बुँदामा उल्लेखित सर्तहरू पुरा गरी यथाशीघ्र पठनपाठन प्रक्रिया सुरु गर्नु गराउनुहुन सम्बन्धित सबैलाई जानकारी गराइएको छ ।

ज्ञानेन्द्र प्रसाद भट्ट
शाखा अधिकत

तपसिल

क) अनुदान प्राप्त गर्ने विद्यालयले कक्षा सञ्चालन गर्ने अनुमति सम्बन्धित स्थानीय तहबाट लिइएको हुनुपर्ने ।

ख) शैक्षिक सत्र २०७६ बाट नै कक्षा ९ देखि प्राविधिक तथा व्यावसायिक धारको कक्षा सञ्चालन गर्ने गरी विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्ने । एउटा कक्षामा अधिकतम ४८ जना सम्म मात्र समावेश गर्ने । अनुदान एक समूहका लागि मात्र उपलब्ध गराइने छ ।

ग) सम्बन्धित विषयमा अध्यापन गराउने माध्यमिक शिक्षक तृतीय सरहको प्रशिक्षक एक जना र निम्न माध्यमिक शिक्षक तृतीय सरहको सहायक प्रशिक्षक एक जनाको नियुक्ति विद्यालय आफैँले गर्नुपर्ने छ ।

योग्यता :-

  • प्रशिक्षकको हकमा सम्बन्धित विषयमा कम्तीमा स्तातक गरेको र
  • सहायक पशिक्षकको हकमा कम्तीमा एक, सम्बन्धित विषयमा डिप्लोमा (CTEVT) वा सो सरह 

घ) अनुदान निम्न शिर्षकमा सम्बन्धित स्थानीय तहमा जाने भएकोले स्थानीय तहसँग समन्वय गर्ने

अनुदान उपलब्ध हुने शिर्षक:

  • प्रशिक्षक अनुदान- मा.शि. तृतीय सरह
  • सहायक प्रशिक्षक अनुदान - नि. मा.शि. तृतीय सरह
  • ल्याब स्थापना अनुदान

ङ) प्राविधिक तथा व्यावसायिक शिक्षाको पाठयक्रम पाठयक्रम विकास केन्द्रको Website: www.moecdc.gov.np  मा र विद्यालय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन निर्देशिका (दोस्रो संसोधन) २०६९, व्यावहारिक अभ्यास निर्देशिका २०७३, लगायतका अन्य सामग्री शिक्षा तथा मावन य्रयोत विकास केन्द्रको www.doe.gov.np मा हेर्न र डाउनलोड गर्न सकिनेछ ।

नोट : तोकिएको पूर्वाधार नपुगेको र पाठ्यक्रमले तोकेबमोजिम पठन पाठन सञ्चालन नभएको देखिएमा जुनसुकै समयमा अनुदान रोक्का गर्न सकिनेछ ।

फोन : ६-६३८८५३

फ्याक्स : ६-६३५११३

मिति : २०७६/०१/०८

Last updated on Jan 26, 2026

Found this helpful? Share it with your friends.
Related institute

Ministry of Education and Sports (MoES)

View profile

Services offered 1

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.