The London College Top Banner Ad

कक्षा १२ को नतिजा साउन तेश्रो सातामा प्रकाशन गरिने

NEB Result

काठमाडौ, साउन ३ । राष्ट्रिय परीक्षा बोर्डले २०७६ बैशाख १५ गतेदेखि २६ गतेसम्म संचालित कक्षा १२ को नतिजा यहि साउन तेश्रो सातासम्म सार्वजनिक गर्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका एक अधिकारीका अनुसार विभिन्न केन्द्रमा सम्परिक्षणको काम धमाधम भैरहेको र चाडै डाटा इन्ट्री र रुजु गर्ने कामसमेत सुरु गरिएको छ ।

“नतिजा तेश्रो साता वा नभए अन्तिम साता सम्म प्रकाशन गर्ने गरि काम गरिरहेका छौं” उनले भने । उनको अनुसार यसपटक पनि पहिलेको जस्तै सबै बिषयको नतिजा एकैपटक सार्वजनिक हुने छ ।

 

 

NEB - National Examinations Board

Sanothimi, Bhaktapur

Estd. 2016

government

+977-1-6630848

Services Offered

Comments