The London College Top Banner Ad

नृत्य महोत्सव-२०७६ सम्बन्धी सूचना

Notice for Dance Festival 2076

नृत्य महोत्सव-२०७६ को सूचना
नेपाल सक्लीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानद्वारा २०७६ साल आषाढ महिनामा काठमाडौंमा आयोजना हुने नृत्य महोत्सव-२०७६ को लागि नृत्य क्षेत्रमा कार्यरत संघ, संस्था तथा
व्यक्तिहरुले सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र रीत पुस्याई यस प्रतिष्ठानको कार्यालयमा आइपुग्ने गरी आवेदन पेश गर्नुहुन सूचित गरिन्छ । तोकिएको समय अवधिपछि प्राप्त निवेदनउपर कुनै कारवाही हुने छैन ।
नृत्य छनौट मापदण्ड
१. नृत्य समूहमा हुनुपर्नेछ ।
२. नेपालका भाषाभाषी एवं जातजातिको प्रतिनिधित्व हुने नृत्यलाई प्राथमिकता दिइनेछ । साथै त्यसैसँग सम्बन्धित भेषभूषाको प्रयोग गर्नुपर्नेछ ।
३. राष्ट्रिय भावका सन्देशमूलक एवं चेतनामूलक नृत्यहरुलाई प्राथमिकता दिइनेछ ।
४. एक समूहले एक मात्र प्रस्तुति दिन सक्नेछ ।
५. एउटा समूहमा बढीमा १० जनासम्म कलाकार हुनुपर्नेछ ।
६. नृत्य प्रस्तुतिको समय अधिकत्तम ६ मिनेट मात्र हुनुपर्नेछ, साथै रक्गमञ्च सजावट गर्न पाइने छैन ।

आवश्यक कागजात
१. सहभागी हुन चाहने संस्थाको हकमा संस्था दर्ता र नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि तथा व्यक्तिको हकमा व्यक्तिगत विवरण र परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि ।
२. प्रस्तुत गरिने नृत्यको परिचय सहित गीतको शब्द तथा लय । मातृ भाषाभाषीको गीतको हकमा नेपाली भावार्थसहित पेश गर्नु पर्नेछ ।
३. सहभागी हुन चाहने व्यक्ति संस्थाको सम्पर्क ठेगाना, सम्पर्क नम्बर र ईमेल ठेगाना उपलब्ध गराउनु पर्नेछ ।

नोटः नृत्यको प्रस्तुति मौलिक हनु पर्नेछ । प्रस्तुत गरिने नृत्यको लागि आवश्यक सामाग्रीको व्यवस्था सहभागी आफैले गर्नु पर्नेछ । महोत्सव अप्रतियोगी हुनेछ । प्राप्त निवेदन प्रकृयाअनुसार छनौट गरी सहभागिताका लागि सूचित गरिनेछ । नृत्य छनौट सम्बन्धमा छनौट समितिको निर्णय नै अन्तिम हुनेछ ।

आवेदन बुझाउने ठेगाना
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान
भाटभटेनी, काठमाडौँ
पोष्ट बक्स नं. ११७३०

फोन नं. ०0१-४४२०८४०४, ०१-४४२०८४०४
फयाक्स नं. 0१ ४४२८४०७
आवेदन ईमेलमार्फत्‌ पनि पठाउन सकिनेछ ईमेल: namuda999@gmail.com 

(प्रथम पटक प्रकाशित मिति २०७६/०२/२०)

Comments