TLC Banner

बेरूजू फर्छ्यौट गोष्ठीमा सहभागिता सम्बन्धी सूचना - शिक्षा तथा मानव, स्रोत विकास केन्द्र

MOEST Seminar Notice
MOEST Seminar Notice

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव,सोत विकास केन्द्र सानोठिमी

बिषय: बेरूजू फर्छ्यौट गोष्ठीमा सहभागिता । 

श्री शिक्षा विकास तथा समन्वय एकाईहरू

तनहुँ, कास्की, पर्वत, बागलुङ, रोल्पा, रुपन्देही, परासी, बाँके, कपिलवस्तु, बर्दिया, कालिकोट, सुर्खेत, सल्यान, जुम्ला, बैतडी, कैलाली, डोटी, अछाम, बझाङ र बाजुरा | शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र यस केन्द्रको आयोजनामा मिति २०७६/२/१८ गते बुटवलमा बेरूजू फर्छौट अनुगमन सम्बन्धी एक दिवशीय कार्यशाला/गोष्ठी संचालन हुने भएकाले तहाँ एकाई प्रमुख तथा एकाईको आर्थिक प्रशासन सम्बन्धी कार्य गर्ने कर्मचारी देहायको विवरण सहित अनिवार्य उपस्थित हुन निर्देशानुसार जानकारी गराईन्छ । 

१. एकाई अन्तर्गतको गत आ.ब. सम्मको बेरुजू बक्यौता तथा सो मध्ये बैशाख मसान्त सम्म फर्छौट भएको विवरण र चालु आबको बाँकी अवधिको बेरुजू फर्छौटको कार्य योजना (५ मिनेट भित्र गोष्ठीमा प्रस्तुती गर्ने गरी ) ।

२. गत आब को लेखा परीक्षणबाट कायम भएको बेरुजू सो मध्ये प्रारम्भिक प्रतिवेदनमा प्रतिकृयाबाट भएको फर्छौट र बाँकी बेरूजूको फर्छौटको कार्य योजना ।

३. आब २०७४/७५ र सो भन्दा अगाडि विद्यालयहरूमा बढी निकासा भएको भनी बेरूुजू कायम भएको शिक्षक तबल (अवकाश प्राप्त शिक्षक तथा बेतलबी बिदामा रहेका शिक्षक समेतको) पाठ्यपुस्तक छात्रवृत्ति रकम दिवा खाजाको रकम पिसिएफ (सेलरी तथा नन-सेलरी) सम्बन्धी पालिकागत/विद्यालयगत अद्यावधिक विवरण।

४. विद्यालयको भौतिक निर्माण तर्फ कायम भएको बेरुजू मध्ये भौतिक निर्माण कार्य सम्पन्न भएका र सम्पन्न हुन बाँकी (हालसम्म सम्पन्न नहुनुको कारण समेत खुल्ने गरी) विद्यालयको अलग अलग अद्यावधिक विवरण ।

५. बेरुजु फर्छ्योटका लागि असुल उपर भएको तथा अन्य आवश्यक कागजात प्रमाण भए लिइ आउनु हुन ।

स्थानः एभिन्यु होटल, गोलपार्क, बुटवल ।

समयः बिहान ८ बजे देखि ।

 नोटः एकाई प्रमुख, आर्थिक प्रशासन सम्बन्धी कार्य गर्ने कर्मचारी तथा सवारी चाल्लक (कार्यालयको सवारी साधन प्रयोग भएको हकमा मात्र) को नियमानुसारको दैनिक तथा भ्रमण भत्ता र ईन्धन बापतको नियमानुसारको रकम मन्त्रालय/केन्द्रबाट उपलब्ध हुनेछ । सहभागीले बासको व्यवस्था आफै मिलाउनु पर्नेछ ।

बोधार्थ:

श्री शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, आर्थिक प्रशासन शाखा, सिहंदरवार ।

Last updated on May 15, 2026

Found this helpful? Share it with your friends.
Related institute

Ministry of Education and Sports (MoES)

View profile

Services offered 1

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.