TLC Banner

शिक्षक सेवा आयोगद्वारा लाइसन्स अनुमतिका लागि दरखास्त आह्वान - (विज्ञापन सहित)

Teachers Licence Application
Teachers Licence Application

परीक्षाको किसिम : लिखित ।

परीक्षा दस्तुर बुझाउने प्रक्रिया: अनलाइन फाराम भरेर सबमिट पश्चात सिस्टमबाट जेनेरेट हुने भौचर अनुसारको रकम तोकिएको बैंकमा गई जम्मा गर्नुपर्नेछ । जम्मा गरेपश्चात पुनः अनलाइन एप्लिकेशनकोबैंक भौचर भन्ने बटनमा गइ बैंक कारोवार संकेत नम्बर लगायत आवश्यक सम्पूर्ण विवरण शुद्धसँग भर्नुपर्नेछ । विवरण फरक परेमा आवेदन फाराम रद्ध हुन सक्नेछ ।

दरखास्त भर्ने विधिः यस आयोगको वेबसाइट www.tsc.gov.np मा रहेको Online Application माध्यम माफत फाराम भर्न सकिनेछ । दरखास्त भर्ने विधिबारे यस आयोगको वेबसाइटबाट जानकारी लिन सकिने छ।

दरखास्त दिने मिति : २०७६ असार २ गतेदेखि २०७६ साल असार २२ गतेसम्म तोकिएको छ । दोब्बर दस्तुर तिरी असार २९ गतेसम्म फाराम भर्न सकिनेछ । दोब्बर दस्तुरको म्यादलाई उमेर र योग्यताको प्रयोजनको लागि गणना गरिने छैन ।

आवश्यक न्युनतम योग्यता

५.१ सबै विज्ञापनका उम्मेदवारको लागि

५.१.१ दरखास्त फाराम भर्ने अन्तिम मितिसम्ममा १८ वर्ष उमेर पूरा गरेको हुनुपर्ने,

५.१.२ नेपाली नागरिताको प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने,

५.१.३ वैदेशिक शिक्षण संस्थाबाट हासिल गरेको शैक्षिक योग्यताको हकमा समकक्षता प्रमाणपत्र पेश गरेको हुनुपर्ने,

५.१.४ प्रचलित कानुनबमोजिम उम्मेदवार हुन अयोग्य नभएको ।

विज्ञापनगत आवश्यक न्युनतम शैक्षिक योग्यता देहाय बमोजिम हुनेछ :-

५.२.१ प्रार्थमक तहको वि.नं. ३२/०७६ को लागि : मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिना अवधिको तालिम वा ४०० पूर्णड्कको शिक्षा विषय लिई माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेको, 

५.२.२ निम्न माध्यमिक तहको वि.नं. ३३/०७६ को लागि: मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा २०० पूर्णाङ्क सहित परीक्षा दिन चाहेको कुनै एक विषय (नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक) मा प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिना अवधिको तालिम लिएको,

५.२.३ माध्यमिक तहको वि.नं. ३४/०७६ को लागि : मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा ३०० पूर्णाङ्क सहित परीक्षा दिन चाहेको कुनै एक विषय (नेपाली, सामाजिक, विज्ञान, कम्प्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, गणित, अंग्रेजी, कार्यालय संचालन तथा लेखा, कानुन, वाली विज्ञान र पशु विज्ञान) मा कम्तीमा स्तातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिना अवधिको तालिम लिएको,

५.२. ४ माध्यमिक तहको वि.नं. ३५/०७६ को लागि : मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा ३०० पूर्णाङ्क सहित आयोगबाट स्वीकृत भएका पाठ्यक्रमहरुमध्ये कुनै एक विषय (नेपाली, सामाजिक, विज्ञान, कम्प्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिड, गणित, अंग्रेजी, कार्यालय संचालन तथा लेखा, कानुन, वाली विज्ञान र पशु विज्ञान) मा स्नातकोत्तर तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी साविक उच्च माध्यमिक तहमा कार्यरत शिक्षकको हैसियतले अस्थायी अध्यापन अनुमतिपत्र लिइसकेका शिक्षकहरूका लागि मात्र,

माध्यमिक तहको वि.नं. ३६/०७६ को लागि : मान्यता प्राप्त शिक्षण संस्थाबाट विज्ञान, कम्प्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, गणित, अंग्रेजी, कार्यालय संचालन तथा लेखा, कानुन, कृषि (बाली) विज्ञान र पशु विज्ञानमध्ये कुनै एक विषयमा कम्तीमा ३०० पूर्णाङक सहित स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको,

लिखित परीक्षाको पाठ्यक्रम: प्राथमिक र निम्नमाध्यमिक तहको पाठयक्रम यस आयोगको बेवसाइटमा मिति २०७५ /०६ /२३ गते र माध्यमिक तहको लागि मिति २०७५ /०८ /११ र १२ गते प्रकाशित भएको

लिखित परीक्षाको पूर्णाङक र उत्तीर्णाङक : लिखित परीक्षाको पूर्णाङक १०० र उत्तीर्णडक ५० हुनेछ । लिखित परीक्षाको पहिलो र दोस्रो पत्रको परीक्षा एकै दिन लगातार लिइनेछ ।

लिखित परीक्षा संचालन हुने मिति र केन्द्रहरू पछि तोकिने छ । सोको जानकारी आयोगको वेवसाइटमाफत गराइने छ ।

विज्ञापन सम्बन्धमा उम्मेदवारका लागि थप जानकारी :- 

दरखास्त दिने म्याद समाप्त भएपश्चात आयोगबाट आवश्यक रुजु गरी सम्बन्धित व्यक्तिले अनलाइनमार्फत नै प्रवेशपत्र प्रिन्ट गर्न सक्ने व्यवस्था गरिनेछ । सोको विस्तृत सूचना पछि प्रकाशित गरिनेछ ।

दरखास्त स्वीकृत भएपछि प्रिन्ट गरेको प्रवेशपत्रमा अनलाइन फाराम भर्दाको सक्कल फोटो प्रवेशपत्रको निर्दिष्ट स्थानमा टाँसी फाराम र फोटोमा पर्ने गरी उम्मेदवार स्वयंले दस्तखत गर्नुपर्नेछ । उक्त प्रवेशपत्रको आधारमा मात्र उम्मेदवारलाई सम्बन्धित परीक्षा केन्द्रमा प्रवेश दिइनेछ ।

अर्थशास्त्र, इतिहास, ग्रामीण विकास, भूगोल, नागरिक शास्त्र, राजनीति शास्त्र, दर्शन शास्त्र, नीति शास्त्र, मानव शास्त्र, मनोविज्ञान, समाज शास्त्र, जनसंख्या शिक्षामध्ये कृनै एक विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र तहको हकमा (अनिवार्य विषयबाहेक) कम्तीमा २०० पूर्णाङ्क र स्तातक तहको हकमा सम्बन्धित विषयमा कम्तीमा ३०० पूर्णाङ्कको परीक्षा उत्तीर्ण गरेको 

उम्मेदवारले मात्र क्रमशः निम्न माध्यमिक र माध्यमिक तहको सामाजिक अध्ययन विषयको अध्यापन अनुमति पत्रको लागि हुने परीक्षामा उम्मेदवार हुन पाउनेछन्‌ । साथै, सम्बन्धित तहको लागि तोकिएको न्यूनतम योग्यता वा सोभन्दा माथिल्लो योग्यता हासिल गरेको उम्मेदवारले फरक फरक विषयमा परीक्षा उत्तीर्ण गरेकोमा आफुले चाहेको कुनै एक विषयमा उम्मेदवार हुन सक्नेछन्‌ ।

क्रमसंख्या ४ र ५ का विज्ञापनमा सफल हुने उम्मेदवारले अध्यापन अनुमति पत्र परीक्षाको नतिजा प्रकाशन भएको मितिले ५ (पाँच) वर्षभित्र शिक्षा विषयमा कम्तीमा १० महिना अवधिको तालिम पूरा गरेको प्रमाणसहित निवेदन दिएमा आयोगले स्थायी अध्यापन अनुमति पत्र जारी गर्नेछ । मान्यता प्राप्त शिक्षण संस्थाबाट आई एड, वि.एड वा एम. एड उत्तीर्ण गरेको भए शिक्षा विषयमा १० महिना अवधिको तालिम लिएको मानिनेछ ।

माध्यमिक तहको तिनवटै विज्ञापनको लागि एउटै पाठ्यक्रम हुनेछ । निम्नमाध्यमिक र प्रार्थमक तहको पाठ्यक्रम तोकिएबमोजिम छुट्टाछुट्टै हुनेछ। 

प्रचलित कानूनबमोजिम माथिल्लो तहको स्थायी अध्यापन अनुमति पत्र लिएको व्यक्तिले तल्लो तहको शिक्षक पदमा उम्मेदवार हुन पाउने व्यवस्था गरिएको छ ।

क्रमसंख्या ४ र ५ का विज्ञापनका सफल उम्मेदवारहरूले आयोगद्धारा यसपछि प्रकाशित हुने खुला प्रतियोगितात्मक लिखित परीक्षामा सहभागी हुन सक्नेछन्‌ । साथै, वि.नं. ३५/०७५/०७६ बमोजिम उत्तीर्ण उम्मेदवारहरूको लागि आयोगद्धारा यस उप्रान्त प्रकाशित हुने माध्यमिक तहको खुला परीक्षाको विज्ञापन शिक्षा ऐन, २०२८ (नवौं संशोधन) को दफा ३९ को प्रयोजनको लागि पहिलो विज्ञापन हुनेछ।

अध्यापन अनुमति पत्र वितरणसम्बन्धी प्रक्रिया लिखित परीक्षाको नतिजा समयमा प्रकाशित गरिने छ।

उम्मेदवारले अनलाइन मार्फत पेस गरेका विवरणहरू झुटठा ठहरिएमा शिक्षक सेवा आयोगले त्यस्ता उम्मेदवारको फाराम एवं निजले प्राप्त गरेको अध्यापन अनुमति पत्र जुनसुकै बखत रद्ध गरिने छ।

Last updated on Jan 27, 2026

Found this helpful? Share it with your friends.
Related institute

Teachers Service Commission (TSC)

View profile

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.