त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान डीन को कार्यालय (परीक्षा नियन्त्रण महाशाखा)
काउन्सिलिङ्गमा सहभागि हुने विद्यार्थीहरुको जानकारीका लागि जारी गरिएको सूचना:
१) काउन्सिलिङ्ग मा परीक्षार्थी स्वंय उपस्थित हुनु पर्नेछ । अनुपस्थित परीक्षार्थीलाई योग्यताक्रमको सूचिबाट हटाईने हुंदा पछि संचालन हुने काउन्सिलिङ्हरूमा सहभागी हुन पाइने छैन ।
२) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आरक्षित स्चिका परीक्षार्थी, विदेशी परीक्षार्थी तथा अन्य कोटाका परीक्षार्थीहरूको सीट रिक्त हुन आएमा दोस्रो काउन्सिलिङ्ग हुनेछ । त्यस पछि पनि सीट पूर्ति नभई रिक्त रहेमा उक्त सीटलाई खुल्ला समूहमा मिलान गरिनेछ ।
३) खुल्ला तर्फको दोस्रो काउन्सिलिङमा सम्मिलित हुन पाउने परीक्षार्थीहरू:
क) खुल्ला तर्फको प्रथम काउन्सिलिङमा उपस्थित भई शैक्षिक कार्यक्रम छनौट नगरी छाडेका
ख) प्रथम काउन्सिलिङमा पालो नपाएका योग्यताक्रममा रहेका अन्य
ग) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्चिमा रहेका तर उक्त कोटाको लागि भएको प्रथम र दोस्रो काउन्सिलिङ्ग मा छनौटको अवसर नपाएका
४. खुल्ला तर्फको काउन्सिलिङबाट सीट पूर्ति नभई रिक्त भएमा माथि ३ नं बंदामा उल्लेखित परीक्षार्थीहरूबाट योग्यताक्रमानसार को छनौट गरी भर्ना गरिनेछ ।
५. तोकिएको मिति र समयमा काउन्सिलिङ शुरु भएपछि कुनै पनि परीक्षार्थीहरूलाई काउन्सिलिङ कोठाभित्र प्रवेश दिइने छैन ।
काउन्सिलिङ्ग सम्बन्धी बिस्तृत जानकारीका लागि यस अध्ययन संस्थानको बेब साइट www.iom.edu.np बा www.iomexam.edu.np मा हेर्नु हुन अनुरोध गरिन्छ ।
मिति: २०७६/०१/१३ गते
सदस्य सचिव
स्नातकोत्तर तह प्रवेश परीक्षा सञ्चालक समिति २०७५/०७६
Comments 0
No comments yet. Be the first to start the conversation.