TLC Banner

घरधुरी सर्वेक्षण गरी विवरण पठाउने सम्बन्धमा शिक्षा मन्त्रालय को जरुरी सूचना

MOEST Notice for Survey Report
MOEST Notice for Survey Report

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

शिक्षा तथा मानव स्रोत विकास केन्द्र समावेशी शिक्षा शाखा 

श्री शिक्षा विकास तथा समन्वय इकाइ |

७७ वटै जिल्ला ।

विषय: घरधुरी सर्वैक्षण गरी विवरण पठाउने सम्बन्धमा |

नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट विद्यार्थी वित्तिय सहयोग कोष विकास समिति मार्फत व्यस्थापन तथा वितरण हुँदै आएको ९ देखि १२ कक्षामा अध्ययनरत विद्यार्थीहरुको लागि विपन्न लक्षित छात्रवृत्ति पाउन योग्य समुदायिक विद्यालयमा कक्षा ८, १० र ११ मा अध्ययनरत विद्यार्थीहरुको नामावलीको प्रारम्भिक सूची www.doe.gov.np / www.sfafdb.edu.np मा प्रकाशित गरिएको छ | प्रारम्भिक सूचीमा छनौट भएका १० प्रतिशत विद्यार्थीहरुको घरधुरी सर्वेक्षण अनिवार्य रुपमा गर्ने र सो प्रमाणिकरणका आधारमा अन्तिम सूची प्रकाशन गरी विपन्न लक्षित छात्रवृत्तिको रकम निकाशा गर्नुपर्ने प्रावधान भएको हुँदा तपसिल वमोजिमको सर्तहरुको परिपालना गरी घरधुरी सर्वैक्षण गरी गराई सर्वैक्षण फारामको हार्डकपी मिति २०७६।०३।१५ गते भित्र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा वा विद्यार्थी वित्तिय सहयोग कोष विकास समितिको कार्यालय सुविधानगर, तीनकुने, अनिवार्य रुपमा पठाउनु हुन निर्णयानुसार अनुरोध छ ।

 तपसिल

१. घरधुरी सर्वैक्षण गर्नुपर्ने विद्यार्थीहरुको सूची www.iemis.doe.gov.np भित्र Poverty Report बाट डाउनलोड गरी सवै कक्षा (८, १० र ११) समावेश हुने गरी कम्तीमा १० प्रतिशत विदयार्थीहरुको घरधुरी सर्वैक्षण गर्नु पर्ने ।

२. एक प्रति फाराम भर्ने ,टी .एम .-सर्वैक्षणकर्ताले अनिवार्य रुपमा विद्यार्थीको घरको स्थलगत निरीक्षण गरी पि . भराउने । उक्त फाराम www.iemis.doe.gov.np भित्र PTM Template बाट डाउनलोड गर्नु पर्ने ।

३. सर्वैक्षण कार्य गर्ने गराउने जिम्मेवारी शिक्षा विकास तथा समन्वय इकाइको रहेको हुँदा कर्मचारीको अभाव भएमा माध्यमिक तहमा कर्यरत स्थायी वा निवृत्त शिक्षकहरुहरु मार्फत गर्ने गराउने गरी व्यवस्था मिलाउने ।

पुनश्च: उक्त कार्यको लागि शिक्षा विकास तथा समन्वय डूकाइलाई एकमुष्ट रु १४००० (चौध हजार मात्र) सम्बन्धित को.का.नि.ले.को खाता मार्फत उपलब्ध गराइएको छ ।

Last updated on Jan 26, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.