TLC Banner

तोकिएको सेवा सुविधा पाउन योग्य साविकका अस्थायी शिक्षकहरुलाई जरुरी सूचना

Notice for the temporary Teachers
Notice for the temporary Teachers

तोकिएको सेवा सुविधा पाउन योग्य साविकका अस्थायी शिक्षकहरुलाई जरुरी सूचना:

शिक्षा तथा मानवस्रोत विकास केन्द्रको च.नं. १४२, १५५, १६७ मिति २०७५१२।२५ मिति २०७६॥०१२० र मिति २०७६०२।०३ का पत्रबाट अस्थायी शिक्षकका रूपमा कार्यरत रही शिक्षा ऐन, २०२८ संशोधनसहितको दफा ११च को उपदफा (१०) र सोही दफाको उपदफा (९) अनुसार अवकाश हुने शिक्षकहरूले पाउने सुविधा सम्बन्धी विवरण विद्यालय शिक्षक कितावखानामा पठाउन भनिएकोमा हालसम्म केही जिल्लाका लक्षित शिक्षकको विवरण प्राप्त नभएको र निवेदन नबुझाएको बुझिन आएकाले त्यस्ता लक्षित शिक्षकहरूले सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा अविलम्व विवरणसहितको निवेदन बुझाउनु हुन अन्तिम पटक ताकेता गरिएको व्यहोरा अनुरोध छ।

पुनश्च: माथिको सूचना अनुसार तोकिएको आवश्यक विवरणसहितको फाइल विद्यालय शिक्षक कितावखानामा प्राप्त नभई सेवा सुविधाबाट वञ्चित हुन गएमा सम्बन्धित शिक्षक नै जिम्मेवार हुने व्यहोरासमेत अनुरोध छ । साथै सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइहरूले यसै सूचनालाई आधार मानी त्यस्ता अस्थायी शिक्षकहरूलाई सूचना सम्प्रेषण गरिदिनुहुन र उक्त सुविधा पाउन योग्य अस्थायी शिक्षकहरूको आवश्यक कागजात रहेको व्यक्तिगत फाइलसहितको समष्टिगत विवरण प्रमाणित गरी पठाउन हुन अनुरोध छ।

Last updated on Jan 24, 2026

Found this helpful? Share it with your friends.
Related institute

Ministry of Education and Sports (MoES)

View profile

Services offered 1

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.