नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र शिक्षक व्यवस्थापन समन्वय शाखा सानोठिमी भक्तपुर
विषय : शिक्षकको वैयक्तिक तथा नोकरी विवरण फाराम पठाउने सम्बन्धमा ।
श्री शिक्षा विकास तथा समन्वय इकाइ , सबै ।
शिक्षा नियमावली २०५९।संशोधन सहित) को उपनियम(५) बमोजिम स्थायी नियुक्ति भएको शिक्षकले नियमावलीको अनुसूची १६ बमोजिमको ढाँचामा वैयक्तिक तथा नोकरी विवरण फाराम भरी साविक जिल्ला शिक्षा कार्यालय हालको शिक्षा,विकास तथा समन्वय इकाइमा बुझाउने र इकाइले विद्यालय शिक्षक कितावखाना पठाउने व्यवस्था रहेको छ । केही इकाइइहरुले सम्बन्धित शिक्षकहरुलाई फायल सहित कितावखाना पठाउने गरेको पाइएकोले हरेक शिक्षकलाई काठमाडौँ नपठाई सबै इकाइले त्यस्ता फारामहरु तोकिए बमोजिमका कागजात रुजु गरी एकमुष्ठ विद्यालय शिक्षक कितावखानामा पठाउने व्यवस्था गर्नुहुन अनुरोध छ ।
हेमराज पुजारा
निर्देशक
बोधार्थ
श्री शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय,सिंहदरवार काठमाडौँ ।
थ्री विद्यालय शिक्षक कितावखाना ,म्युजियममार्ग छाउनी ,काठमाडौँ ।
Comments 0
No comments yet. Be the first to start the conversation.