TLC Banner

विद्यालय छनौट सम्बन्धमा सूचना प्रकाशित

School Selection Notice
School Selection Notice

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय; शिक्षा तथा मानव स्रोत विकास केन्द्र शिक्षक व्यवस्थापन समन्वय शाखा सानोठिमी भक्तपुर 

विषयः विद्यालय छनौट सम्बन्धमा ।

यस केन्द्रको मिति २०७६।०१।२० को पत्र तथा सूचना बमोजिम एकमुष्ट अनुदानका लागि प्रस्ताव पेश गर्ने विद्यालयहरु मध्ये हाल सम्म कुनै पनि शिक्षक दरबन्दी तथा राहत अनुदानका प्राप्त नगरेका सामुदायिक विद्यालयहरु यस केन्द्रको मिति २०७६।०३।१५ को निर्णयानुसार छनौट गरिएको छ । सो सम्बन्धी नाम नामेसी भएको विस्तृत विवरण मिति २०७६।०३।१६ गतेको गोरखापत्रमा र यस केन्द्रको वेव साइटमा प्रकासित गरिएको छ । छनौट भएका विद्यालयहरुलाई दिइने एकमुष्ट अनुदान (रु दश लाख ) शैक्षिक सत्र २०७६ का लागि भएकाले यसै आर्थिक वर्षमा सम्बन्धित स्थानीय तहमा उक्त रकम निकासा पठाइनेछ ।

सम्बन्धित स्थानीय तहले छनौट भएका विद्यालयहरुसँग विद्यालयको समुग्र पक्ष (भौतिक, शैक्षिक र व्यवस्थापकीय) विकासका लागि विद्यालय सुधार योजनाको आधारमा विद्यालय आफैले प्राथिमिकता निर्धारण गरी खर्च गर्न सक्ने गरी शिक्षक दरबन्दी तथा राहत शिक्षक अनुदान प्राप्त नगरेका सामुदायिक विद्यालयहरुलाई एकमुष्ट अनुदान प्रदान गर्ने सम्बन्धी कार्यविधि २०७५ बमोजिम विद्यालय संचालन गर्न करार सम्झौता गरी अनुदान रकम उपलब्ध गराउने व्यवस्था गर्न हुन अनुरोध गरिन्छ । सम्बन्धित सबै शिक्षा विकास तथा समन्वय इकाइहरुले यसै सूचनालाई आधार मानी उक्त विद्यालयहरुको अलग्गै फायल खडा गरी स्थानीय तहबाट सो सम्बन्धमा सम्पादन हुने कार्यमा आवश्यक समन्वय तथा सहकार्य गर्नहुन र आवधिक प्रतिवेदन एकीकृत गरी पठाउने व्यवस्था मिलाउन हुन अनुरोध छ |

Last updated on Jan 28, 2026

Found this helpful? Share it with your friends.
Related institute

Ministry of Education and Sports (MoES)

View profile

Services offered 1

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.