TLC Banner

विद्यालय शिक्षक किताबखाना द्धारा सिटरोल दर्ता गर्ने सम्बन्धमा सूचना प्रकाशित

School Teacher Record Office Notice
School Teacher Record Office Notice

नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय  विद्यालय शिक्षक किताबखाना, म्युजियम मागे,छाङनी क्राठमाडौं ।

विषय:- सिटरोल दर्ता गर्ने सम्बन्धमा ।

श्री शिक्षा विकास तथा समन्वय इकाई ७७ वटै ।

उपरोक्त सम्बन्धमा यस किताबखानामा शिक्षा ऐनको दफा ११/च) को उपदफा ९ मा भएको व्यवस्था बमोजिमका अस्थायी शिक्षकहरुको सेवा सुविधा निर्धारण गर्ने कार्य असार मसीन्तसम्म सम्पन्न गर्नुपर्ने भएको हुँदा शिक्षक सेवा आयोगबाट सिफारिस भई स्थायी भएका शिक्षकहरुको वैयक्तिक तथा नोकरी विवरण (सिटरोल) दता गर्नको लागि आउदौ मिति २०७६ श्रावण १ गतेदेखि मात्र दर्ता गर्ने कार्य हुने भएको हुँदा सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईले सम्पुण स्थायी शिक्षकहरुको वैयक्तिक तथा नोकरी विवरण (सिटरोल) जम्मा गरी एकमुष्ट रुपमा यस किताबखानामा तपशिलमा उल्लेखित कागजातहरुको प्रमाणित प्रतिलिपी सहित पठाई दिनु हुन अनुरोध छ।

संलग्न गर्नुपर्ने कागजातहरु :

१. शिक्षक वैयतिक तथा नोकरी विवरण (सिटरोल) फारम- ४ प्रति,

२. स्थायी नियुक्ति पत्र,

३. विद्यालयमा हाजिरी भएको पत्र,

४. सपध ग्रहण गरेको प्रमाण पत्र,

५. निरोगिताको प्रमाण पत्र,

६. सम्पुर्ण शैक्षिक योग्यताको प्रमाण पत्र,

७. नेपाली नागरिकताके प्रमाण पत्र,

८. अध्यापन अनुमति पत्र,

९, अस्थायी शिक्षकको हकमा अस्थायी नियुक्ति पत्र ।

मिति:- २०७६/०१/०९

फोन नं.:- ०१-४२५३०२३

फयाक्स:- ०१- ४२८४९००

Last updated on May 15, 2026

Found this helpful? Share it with your friends.

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.