TLC Banner

सामुदायिक विद्यालयमा प्राविधिक धारतर्फको कक्षा ११ थप गर्ने सम्बन्धी सूचना

Technical Education in Community Based Secondary School
Technical Education in Community Based Secondary School

सामुदायिक विद्यालयमा प्राविधिक धारतर्फको कक्षा ११ थप गर्ने सम्बन्धी सूचना

शिक्षा तथा मानवस्रोत विकास केन्द्रद्वारा विगतमा सामुदायिक विद्यालयहरूमा प्राविधिक धारतर्फको कक्षा ९-१० सञ्चालन अनुमति प्राप्त गरी क्रमशः २०७५ सालको एसइइ परीक्षा र कक्षा ११ को अन्तिम परीक्षामा सहभागी भएका विद्यालयहरूमा शैक्षिक सत्र २०७६ मा कक्षा ११ र १२ थप गर्ने अनुमति दिने सम्बन्धमा तपसिल बमोजिम हुन अनुरोध गरिन्छ ।

१. पूर्वाधार पुरा गरेका विद्यालयहरूलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित अन्य कानुन र निर्देशिका बमोजिम आवश्यकता र औचित्यका आधारमा सम्बन्धित स्थानीय तहहरूले निर्णय गरी कक्षा ११ र १२ थप अनुमति प्रदान गर्न सक्ने, 

२. सम्बन्धित स्थानीय तहबाट तोकिएको प्रक्रिया पुरा गरी प्राविधिक धारको कक्षा ११ र १२ थप गर्ने अनुमति लिई यस केन्द्रबाट अनुदान प्राप्त गर्न चाहने विद्यालयहरूले निम्नानुसारको मापदण्ड तथा पूर्वाधार पुरा गर्नुपर्ने हुँदा सो पुरा गरे नगरेको अनुगमन गर्नुहुन र तोकिएको मापदण्ड पुरा नगरेको पाइएमा त्यस्ता विद्यालयहरूलाई अनुदान प्रदान गर्न बाध्य नहुने व्यहोरासमेत अवगत गराइदिनुहुन, मापदण्ड तथा पूर्वाधार

क) विषय क्षेत्रगत पूर्वाधार: विद्यालयले प्राविधिक घार सञ्चालन अनुमति लिँदा शिक्षा तथा मानवस्रोतसँग गरेको सम्झौतामा उल्लेख भए अनुसारको प्रयोगशाला, पुस्तकालय, कक्षाकोठा तथा आवश्यकता अनुसारको फिल्डको व्यवस्थापन गरेको,

ख) उपलब्ध स्रोतको व्यवस्थापन: शिक्षा तथा मानव्रोतबाट प्रदान गरिएको प्रयोगशाला व्यवस्थापन, प्रति विद्यार्थी अनुदान तथा प्रशिक्षक/शिक्षक व्यवस्थापन लगायतका शीर्षकमा उपलब्ध स्रोत साधनको व्यवस्थापन नियमानुसार भएको ।

ग) विद्यार्थी सङ्ख्या: कक्षा ११ का लागि २०७५ सालको एसइइ परीक्षामा जिपिए १.६ वा सोभन्दा बढी जिपिए ल्याउने १५ वा सोभन्दा बढी विद्यार्थी मएको र कक्षा ११ मा न्यूनतम १५ जना विद्यार्थी भर्ना हुने अवस्था रहेको तथा कक्षा १२ को हकमा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको अन्तिम परीक्षामा सहभागी भएको ।

घ) विद्यालयको कार्ययोजना र प्रतिबद्धता: प्राविधिक धारतर्फ कक्षा ११ र १२ सञ्चालन गर्न विद्यालयले गरेको पूर्व तयारी, विद्यालय व्यवस्थापन समितिको निर्णय र प्रतिबद्धता तथा सोको कार्य योजना, बुँदा नं. २ मा उल्लिखित अनुसारका पूर्वाधार तथा मापदण्ड पुरा भएको आधारमा स्थानीय तहबाट अनुमति प्राप्त गर्ने विद्यालयहरूलाई नियमानुसारको अनुदान प्राप्त गर्न सम्बन्धित स्थानीय तहले दिएको कक्षा ११ र १२ थप गर्ने अनुमति पत्र र अनुदान प्रदान गर्न स्थानीय तहले दिएको

३. सिफारिस पत्रसमेत शिक्षा विकास तथा समन्वय इकाइमा पेस गर्न लगाउने । शिक्षा विकास तथा समन्वय इकाइले स्थानीय तहसँगको समन्वयमा तोकिएको मापदण्ड पुरा भए नभएको व्यहोरा खुल्ने विद्यालय अनुगमनको प्रतिवेदन र अनुदान दिन उपयुक्त छ छैन भनी किटानी रायसमेत यस शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा पठाउने व्यवस्था हुन सम्बन्धित स्थानीय तह र विद्यालयहरूलाई अनुरोध छ । साथै सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइहरूलाई उपरोक्तअनुसार गर्नसमेतका लागि आवश्यक समन्वय गर्न/गराउनहुन अनुरोध छ।

Last updated on May 15, 2026

Found this helpful? Share it with your friends.
Related institute

Ministry of Education and Sports (MoES)

View profile

Services offered 1

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.