TLC Banner

शिक्षकहरुको स्थानीय भत्ता र तलब सम्बन्धी सूचना

Notice for Local Level Allowance and Salary of Teacher
Notice for Local Level Allowance and Salary of Teacher

 शिक्षकको स्थानीय भत्ता सम्बन्धमा :

शिक्षकहरूको स्थानीय भत्ता सम्बन्धका केही जिल्ला एवम्‌ स्थानीय तहबाट सोधनी भई आएको सन्दर्भमा गत विगत वर्षहरूमा झैँ स्थानीय भत्ता प्रयोजनका लागि वर्गीकरण गरेका “क' र 'ख' वर्गका स्थानीय भत्ता पाउने जिल्ला र साविकका गाउँ विकास समिति स्थित सामुदायिक विद्यालयहरूमा कार्यरत स्वीकृत दरबन्दीका स्थायी र अस्थायी शिक्षकहरूलाई स्थानीय भत्ता उपलब्ध पूर्व निर्णय अनुरूप हुने गरी चालु आ.व. २०७५२०७६ बजेट कार्यान्वयनका सम्बन्धमा स्वीकृत कार्यक्रम कार्यान्वयन पुस्तिका २०७५|२०७६ अनुसूची ७ मा उल्लेखित अर्थ मन्त्रालयबाट स्वीकृत स्थानीय भत्ता प्रयोजनका लागि स्थानको वर्गीकरणमा उल्लेखित "क' र 'ख' वर्गका जिल्ला एवम्‌ साविकका गाउँ विकास समितिका सामुदायिक विद्यालयहरूमा कार्यरत स्वीकृत दरबन्दीका स्थायी र अस्थायी शिक्षकहरूलाई तोकिएको दरमा स्थानीय भत्ता उपलब्ध गराउनुहुन अनुरोध छ ।

शिक्षकको तलब भत्ता सम्बन्धमा :

चालु आर्थिक वर्ष २०७५१२०७६ मा अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत सर्सत अनुदानमा आधारभूत तथा माध्यमिक तहका स्वीकृत दरबन्दीका शिक्षक, राहत अनुदान शिक्षकका लागि तलब भत्ता अनुदान (विशेष शिक्षा परिषद्‌ अन्तर्गतका शिक्षक/कर्मचारी, प्राविधिक घारका प्रशिक्षकसमेत) मा स्थानीय तहमा विनियोजित रकम नपुग रबढी भएको भए सबै स्थानीय तहले एकीन गरी सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइ मार्फत्‌ तपसिलको ढाँचामा ३ दिनभित्र प्रमाणित प्रति पठाइदिनु हुन अनुरोध छ । सो विवरणका आधारमा शिक्षा विकास तथा समन्वय इकाइले जिल्लाभित्रका सबै स्थानीय तहसँग समन्वय गरी विवरण सङ्कलन तथा जिल्लाको दरबन्दीसँग रकमसमेत रुजु गरी यो सूचना प्रकाशन भएको मितिले ५ दिनभित्र एकीकृत विवरण तयार गरी सो  प्रमाणित प्रति समेत gsaryal@gmail.com, arjundhakal52@yahoo.com, sthacbs@gmail.com अनिवार्यरूपले पठाइदिनुहुन अनुरोध छ।

तपसिल

क्र.स. स्थानीय तहको नाम सुरू विनियोजित रकम नपुग हुने रकम  बढी भई वचत हुने रकम कैफियत
           

स्रोत व्यक्तिको सट्टा शिक्षकको तलब भत्ता सम्बन्धमा

यस केन्द्रको च.नं. १२३ मिति २०७५११०% को पत्रानुसार स्रोत व्यक्तिको सट्टामा विद्यालयमा कार्य गरेको सट्टा शिक्षक र अस्थायी स्रोत व्यक्तिको चालु आर्थिक वर्ष २०७५।२०७६ साउनदेखि माघ मसान्तसम्म नियमानुसार पाउने तलब भत्ता एकीन गरी माग गर्ने उल्लेख भएकोमा कतिपय जिल्ला एवम्‌ स्थानीय तहबाट सोसम्बन्धी पुरा विवरण प्राप्त नभएकाले रकम एकीन गर्न कठिनाइ परेकाले शिक्षा विकास तथा समन्वय इकाइले स्थानीय तहसँगको समन्वयमा तपसिलको ढाँचामा विवरण सङ्कलन गरी ५ दिनभित्र सोको प्रमाणित प्रति यस केन्द्रमा र उल्लेखित मेल ठेगानामा पठाइदिनुहुन अनुरोध छ ।

क्र.स.  स्रोत व्यक्तिको सट्टामा विद्यालयमा कार्यरत सट्टा शिक्षक र अस्थायी स्रोत व्यक्तिको नाम पद कार्यरत स्थानीय तह जम्मा तलब महङ्गी भत्ता चाडबाड खर्च पोशाक भत्ता जम्मा भुक्तानी भएको / नभएको
                   

नोट: पदमा सुद्ध स्रोत व्यक्ति भएमा स्रोत व्यक्ति र सट्टा शिक्षक भएमा सट्टा शिक्षक उल्लेख गर्ने ।

Last updated on May 15, 2026

Found this helpful? Share it with your friends.
Related institute

Ministry of Education and Sports (MoES)

View profile

Services offered 1

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.