TLC Banner

शिक्षक सेवा आयोग द्धारा पूर्वाञ्चल विकास क्षेत्रको माध्यामिक विज्ञान विषयको नतिजा प्रकाशित

Teachers Service Commission Written Exam Result of Purbanchal
Teachers Service Commission Written Exam Result of Purbanchal

शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुर

खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा तथा अन्तर्वार्ता सम्बन्धी सूचना:

यस आयोगबाट प्रकाशित स्थायी शिक्षक पदपूर्तिको लागि भएको विज्ञापन बमोजिम मिति २०७५।०६।११ गते लिइएको माध्यमिक तह, तृतीय श्रेणीको लिखित परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुमध्ये देहायका उम्मेदवारहरुलाई रोल नं.को सिलसिलेवार रुपमा देहायको मिति, समय र स्थानमा हुने अन्तर्वार्ताको लागि छनौट गर्ने आयोगको मिति २०७६०१॥१६ गते निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ्‌ ।

नतिजा प्रकाशित भएको क्षेत्र र विषय:

क्षेत्र: पूर्वाञ्चल

विषय: विज्ञान

लिखित परीक्षाको नतिजामा चित्त नबुझि पुनर्योग गर्न चाहने उम्मेदवारले मिति २०७६/०१/२३ गते कार्यालय समय भित्र आयोगको कार्यालय सानोठिमी, भक्तपुरमा रु. ५००।- राजस्व दस्तुर बुझाइ प्रवेशपत्रको प्रतिलिपि सहित निवेदन दिन सक्नेछन्‌ ।

अन्तर्वार्तामा आउँदा उम्मेदवारहरूले ल्याउनुपर्ने कागजातहरू र अन्य जानकारी:

१. आफूनो अन्तर्वार्ता हुने दिन प्रत्येक उम्मेदवारले अन्तर्वार्ता केन्द्रमा अनिवार्य रुपमा व्यक्तगत विवरण फाराम भर्नु पर्नेछ ।

२. उम्मेदवारले देहायका सक्कल कागजात र सबै कागजातका एक /एकप्रति प्रतिलिपि आफैले प्रमाणित गरी ल्याउनु पर्नेछ ।

क) नागरिकताको प्रमाण पत्र

ख) प्रवेश पत्र

ग) अध्यापन अनुमति पत्र

घ) एसएलसी र सोभन्दा माथिल्लो शैक्षिक योग्यताको ट्वान्सक्रिप्ट र चारित्रिक प्रमाण-पत्र

च) समावेशी समूहबाट अन्तर्वाता दिन आउने उम्मेदवारले आफू उक्त समूहमा पर्ने भनी प्रमाणित गरिएको सक्कल कागजात

छ) विदेशी संस्थाबाट शैक्षिक उपाधि हासिल गरेको भए समकक्षताको प्रमाणपत्र

ज) हालसालै खिचिएको पासपोर्ट साइजको एकप्रति फोटो । 

३. शिक्षक पदमा कार्यरत रही हाल अन्तर्वार्तामा सामेल हुन आएका उम्मेदवारले आफ्‌ जुन तहको अन्तर्वातांमा सामेल हुने हो सोही तह र श्रेणीको स्वीकृत दरबन्दी (लियन र राहत समेत) मा अविच्छिन्न सेवा गरेको भनी सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाई प्रमुखले नै प्रमाणित गरिदिएको सक्कल कागजात । 

४. उम्मेदवारले ल्याएका सबै सक्कल प्रमाणपत्रका प्रतिलिपि, अविच्छिन्न सेवा प्रमाणितको सक्कलै कागजात र आयोगबाट उपलब्ध गराइएको व्यक्तिगत विबरण फाराम सहितको कागजातहरुको पञ्जीकरण तयार गरी पेश गर्नुपर्नेछ ।

५ . उल्लिखित सक्कल कागजात लिई नआउने उम्मेदवारलाई अन्तर्वार्तामा सामेल गराइने छैन ।

६. कुनै उम्मेदवारले अन्तर्वार्तामा आफू सफल हुने मनसायले कसैलाई भनसुन गरेको, फोन गरेको र व्यक्तिगत प्रलोभनमा पारेको पाइएमा त्यस्ता उम्मेदवारको परीक्षा आयोगले रह गर्ने सक्नेछ ।   

७. आयोगको पूर्व सूचना विना अन्तर्वार्ताको निर्धारित कार्यक्रम परिबंतन वा स्थागित हुने छैन ।

८. नतिजा प्रकाशनसम्बन्धी कुनै त्रुटि पाइएमा आयोगमा रहेको अभिलेखसँग भिडाई सच्याइने छ ।

९. यस सम्वन्धी अन्य जानकारी आयोगको website www.tsc.gov.np बाट लिन सकिनेछ ।

 

Last updated on May 15, 2026

Found this helpful? Share it with your friends.
Related institute

Teachers Service Commission (TSC)

View profile

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.