नेपाल खुला विश्वविद्यालय व्यवस्थापन तथा कानून संकाय
डीनको कार्यालय, मानभवन, ललितपुर
यस विश्वविद्यालयको व्यवस्थापन तथा कानून संकाय अन्तर्गत तपसीलका कार्यक्रमहरुमा वि.सं. २०७६ बर्षे सत्रका लागि भर्ना आवेदन आह्वान सम्बन्धी यो सूचना सम्बन्धित सबैको जानकारीको लागि प्रकाशन गरिएको छ ।
Master of Business Administration (MBA): २ वर्षे सेमेष्टर स्नातकोत्तर कार्यक्रम न्यूनतम योग्यता: जुनसुकै विधामा कम्तिमा ३ बर्षे स्नातक द्वितीय श्रेणीमा उत्तीर्ण वा सो सरह ।
Master of Science in Development Management and Governance (MSDMG): २ वर्षे सेमेष्टर स्नातकोत्तर कार्यक्रम
न्यूनतम योग्यता : जुनसुकै विधामा स्नातक तह उत्तीर्ण वा सो सरह ।
Bachelor of Law (LLB): २ वर्षे वार्षिक स्नातक कार्यक्रम
न्यूनतम योग्यता : जुनसुकै विधामा स्नातक तह उत्तीर्ण वा सो सरह ।
Bachelor of Business Administration (BBA): ४ वर्षो सेमेष्टर स्नातक कार्यक्रम
न्यनतम योग्यता: १२ कक्षा वा समकक्ष परीक्षामा कम्तीमा द्वितीय श्रेणीमा उत्तीर्ण वा सो सरह ।
Bachelor of Business Science (BBS): २ वर्षो वार्षिक स्नातक कार्यक्रम
न्यूनतम योग्यता: १२ कक्षा उत्तीर्ण वा सो सरह ।
भर्ना आवेदन गर्नका लागि विश्वविद्यालयको वेभसाइट www.nou.edu.np को Student Panel मा गई Entrance Panel मार्फत Online फाराम भर्नु पर्नेछ ।
आवेदकले सम्बन्धित शैक्षिक कार्यक्रमका लागि तोकिएको योग्यता पुगेका प्रमाणपत्रहरु स्क्यान गरी Upload गर्नुपर्नेछ ।
आवेदन पेश गर्ने अन्तिम मिति: MBA / MSDMG- वि.सं. २०७६ आषाढ २७ (12th July 2019) BBS, BBA and LLB को लागि अर्को सूचना प्रकाशित गरिनेछ ।
प्रबेश परीक्षा : MBA तथा MSDMG :- वि.सं. २०७६ श्रावण ४, शनिबार विहान ८:३० बजे (20 July 2019)
परीक्षा केन्द्र : काठमाडौं, ईटहरी, वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी
MBA : रु १,२००।- MSDMG : रु १,०००।-
LLB: रु १,०००।- BBA: रु १,०००।- BBS : रु ३००।-
आवेदन शुल्क नेपाल खुला विश्वविद्यालयको ग्लोबल आइ.एमई बैंक, कीर्तिपुर शाखा, चल्ती खाता नं. ०५०१०१००००५०२ मा जम्मा हने गरी आवेदकले आफ्नो नाम अनिवार्य उल्लेख गरेर जम्मा गर्नुपर्नेछ र सो नगदी भौचर Scan गरी आवेदन फाराम साथ Upload गर्नुपर्नेछ ।
द्रष्टब्य: तोकिएको परीक्षा केन्द्रहरुमा विद्यार्थी आवेदन संख्या न्यन भएमा विश्वविद्यालयले नजिकको वा आवेदकले चाहेको केन्द्रमा परीक्षा केन्द्र सारेको जानकारी वि.सं. २०७६ आषाढ ३० गते विश्वविद्यालयको वेवसाइट www.nou.edu.np मा प्रकाशन गर्नेछ ।
(प्रथम पटक प्रकाशित मितिः २०७६।०२।२६)