TLC Banner

कर्णाली प्रदेश शिक्षा बजेटः छोरी जन्मीए एक हजार, २० बर्ष सम्म शिक्षा र लालन पालनका लागि हरेक महिना पाँच सय

Karnali Province Budget for Education
Karnali Province Budget for Education

कर्णाली प्रदेश शिक्षा बजेटः छोरी जन्मीए एक हजार, २० बर्ष सम्म शिक्षा र लालन पालनका लागि हरेक महिना पाँच सय:

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ का लागि ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजारको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आइतवार प्रदेश सभामा पेश गरेको बजेटमा कूल विनियोजनमध्ये चालूतर्फ १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार र पुँजीगततर्फ २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार छुट्ट्याइएको छ ।

यसै गरि छोरी जन्मिए खातामा १ हजार र २० वर्षसम्म मासिक ५ सय भत्ता दिने भएको छ। छोरी जन्मिए उसको लालन पालन र शिक्षाका लागि २० वर्षसम्म मासिक ५ सय उपलब्ध गराउने घोषणा प्रदेश सरकारले गरेको छ । 

शिक्षा बजेटः

  • समाजलाई सकारात्मक रुपमा बुझ्ने, जीवनका उज्याला पक्षहरू देख सक्ने र राम्रा कार्यहरूको अगुवाई गर्न सक्ने नागरिक तयार गर्नका लागि कर्णालीको मौलिक विशेषता सहितको नैतिक, व्यावसायिक र वैज्ञानिक शिक्षा सम्बन्धी जीवनोपयोगी नयाँ पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याउने व्यवस्था मिलाएको छु ।
  • प्रदेशमा दक्ष प्राविधिक जनशक्ति उत्पादनका लागि पर्वतीय बिज्ञान तथा प्रविधि विश्वविद्यालयको विस्तृत परियोजना प्रतिवेदन तयार गरी कार्य प्रारम्भ गर्न रु. १ करोडको व्यवस्था मिलाएको छु।
  • प्राविधिक जनशक्ति उत्पादन गर्न एक जिल्ला एक बहुप्राबिधिक शिक्षालय स्थापना तथा प्राविधिक उच्च शिक्षा सञ्चालन गर्ने क्याम्पसको भौतिक सुधारका लागि रु. ११ करोड बजेटको व्यवस्था गरेको छु।
  • छरिएको बस्ती, भौगोलिक विकटता, मौसमी बसाईसराई, गरिबी जस्ता कारणले विद्यालय छोड्ने र पढाइमा बाधा पुग्ने अवस्थाको अन्त्य गरी सर्वसुलभ शिक्षाको अवसर प्रदान गर्न डोल्पा, हुम्ला, मुगु, जुम्ला र कालीकोट जिल्लामा आवासीय विद्यालय स्थापना गर्न रु. ३ करोड ७५ लाख विनियोजन गरेको छु।
  • सबै स्थानीय तहमा विद्यालय मर्जरलाई प्रोत्साहित गर्दै कम्तीमा एउटा विद्यालयलाई साधन स्रोत र प्रविधियुक्त नमूना विद्यालयको रुपमा विकास गर्ने व्यवस्था मिलाएको छु। यसका लागि रु. ३९ करोड ५० लाख विनियोजन गरेको छु।
  • विद्यालय भवन लगायत भौतिक पूर्वाधार विकास दलित छात्रावास निर्माण, नमूना बालविकास तथा विशेष शिक्षा सञ्चालित विद्यालयको भौतिक सुधारका लागि आवश्यक बजेटको प्रबन्ध गरेको छु।
  • उच्च शिक्षालाई गुणस्तरीय, रोजगारमूलक र जीवनोपयोगी बनाउनका लागि प्रदेशका विभिन्न क्याम्पसहरुलाई आवश्यक पूर्वाधार, प्रविधि र शैक्षिक सामग्रीको लागि रु. ४ करोड ८० लाख बजेट विनियोजन गरेको छु।
  • नेपाल सरकार र स्थानीय तहसँगको समन्वयमा आगामी दुई वर्षभित्र कर्णालीलाई साक्षर प्रदेश घोषणा गर्ने गरी आवश्यक बजेटको व्यवस्था मिलाएको छु।
  • माध्यमिक विद्यालयका विद्यार्थीलाई जुनियर रेडक्रस, नेपाल स्काउट र राष्ट्रिय सेवा दलमा आवद्धताको लागि समन्वय गर्न आवश्यक बजेटको प्रवन्ध गरेको छु।
  • जनशक्ति विकासमा जोड दिन जेहेन्दार विद्यार्थीलाई छोरीबुहारी छात्रवृत्ति र गरिब, दलित, अपाङ्गता, जेहेन्दार तथा दुर्गमका विद्यार्थीका लागि उच्च शिक्षामा छात्रवृत्ति प्रदान गर्ने कार्यलाई निरन्तरता दिएको छु।
  •  
  • कर्णाली प्रदेशका जेहेन्दार विद्यार्थीलाई अध्ययन पश्चात आफ्नो प्रदेशमा निश्चित अवधि सेवा गर्ने गरी कृषि र पशु विज्ञान, चिकित्सा तथा इन्जिनियरिङ्ग विषयको अध्ययन सम्बन्धी सेबा-शर्त छात्रवृत्ति कार्यक्रमको लागि आवश्यक बजेटको व्यवस्था मिलाएको दरबन्दी नभएका र विषयगत शिक्षकको अभाव भएका सामुदायिक विद्यालयहरूमा सम्बन्धित विषयका शिक्षण सिकाई तालिम प्राप्त स्नातकहरूलाई स्वयंसेवकको रुपमा सेवा लिन कर्णाली बिकास सेवा लाग्‌ गरिने र सोका लागि रु. २ करोड ९३ लाख विनियोजन गरेको छु।
  • अभिभावक विहिन बालबालिकाको शिक्षा र संरक्षकत्व प्रदान गर्न प्रदेश राजधानीमा बालग्राम स्थापनाका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु।
  • कृषि क्षेत्रमा आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्नका लागि रुकुम पश्चिममा कृषि विज्ञान प्रतिष्ठान स्थापना गरी सञ्चालन गर्ने व्यवस्था मिलाएको छु।
  • सुर्खेतमा प्रदेश पुस्तकालय स्थापना गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु।
  • अल्पसंख्यक मुस्लिम समुदायलाई प्रोत्साहित गर्न सुर्खेत र सल्यानमा मदरसा विद्यालय भवन निर्माणका लागि आवश्यक बजेटको व्यस्था गरेको छु।

Last updated on Jan 27, 2026

Found this helpful? Share it with your friends.
Related institute

Karnali Province

View profile

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.