TLC Banner

अध्यापन अनुमति पत्रको अनलाइन फाराम भर्दा ध्यान पुर्याउनु पर्ने कुराहरु

TSC User Guide
TSC User Guide

अध्यापन अनुमति पत्रको फाराम भर्ने सम्बन्धमा इच्छुक उम्मेदवारका लागि जानकारी

१. सर्वप्रथम आयोगको वेवपेज www.tsc.gov.np खोल्नुहोस्‌ ।

२. होमपेजको अनलाइन एप्लिकेशन भन्ने बटनमा क्लिक गर्नुहोस्‌ ।

३. तपाई नयाँ युजर हो भने नयाँ भन्ने बटनमा क्लिक गर्ने | दोस्रो, तेस्रो चोटी प्रयोग गर्दा पासवर्ड बिर्सिनु भयो भने पासवर्ड भुल्नुभयो भन्ने बटनमा क्लिक गर्नुहोस्‌ |

४. Date of Birth भन्ने बटनमा Month मा Click गरेपछि Calender Archieve हुन्छ । सोहि Calender बाट Month, Year र Date Choose गर्ने ।

५. एकै Information बाट (जस्तैः एउटै Email र एउटै मोबाइल नम्वर ) प्रयोग गरी दुइपटक फर्म भर्न मिल्दैन ।

६. नयाँ युजरको लागि नयाँ भन्ने बटनमा क्लिक गरी आफ्नो विवरण सहि र पछि फरक नपर्ने गरी Create भन्ने बटनमा क्लिक गर्नुहोस्‌ ।

७. तपाँइको  email Address मा Activation Code नआएमा Resend Code मा Click गर्ने र शुरुमा भरेकै Information पुन:दोहोराएर भर्ने ।

८. एक्टीभेसन कोड टाइप गर्ने कोठा आउँछ | त्यसमा कोड राख्ने त्यो कोड तपाइको इमेलमा १-२ मिनेट भित्र आउनेछ | यदि त्यति समयमा सो विवरण मेलमा प्राप्त नभएमा Gmail र Yahoo को हकमा Spam मा र Hotmail को हकमा Junk Mail मा आएको हुनसक्छ । त्यो कोड प्राप्त गरी User Account बनाउने ठाउँमा टाइप गर्नुहोस्‌ ।

९. पासवर्ड टाइप गरी अनलाइन फाराममा दिएको निर्देशन वमोजिम सहि तथ्य सहितको पछि फरक नपर्ने गरी फाराम भरी परीक्षाको लागि योग्य उम्मेदवार बन्नोस र अन्तमा Logout गर्नुहोस्‌ ।

१०. फाराम भर्दा एकै ब्यक्तिले ३ बटै तहमा भर्न परेमा Right Side को + Sign मा Click गरेर थप गर्दै भर्न सकिने छ |

११. फाराम भर्दा केहि त्रुटि भएको खण्डमा दरखास्त फाराम भर्ने अन्तिम म्याद अगावै सच्याउनुहोस्‌ |

१२. फोटो र दस्तखत अपलोड गर्दा दिएको निर्देशन वमोजिमको साइजमा Jpeg / Jpg फरम्याटमा Upload गर्नुपर्नेछ ।

१३. बधाइ छ तपाईको अध्यापन अनुमतिपत्रको फाराम पेश भयो भन्ने मेसेज आएपछि फाराम भरिएको मानिनेछ |

१४. तपाई योग्य उम्मेदवार हो भन्ने आयोग सुनिश्चित भएमा तपाइ स्वंयले प्रवेशपत्र प्रिन्ट गरी सोही प्रवेशपत्रको खाली ठाउँमा अनलाइन फाराम भर्दाको फोटो टाँसी आफ्नो दस्तखत गरी परीक्षा हलमा आउनु पर्नेछ । अन्यथा परीक्षा हलमा प्रवेश गराउन आयोग बाध्य हुने छैन ।

१५. फाराममा बाबुको नाम, बाजेको नाम, नागरिकता नम्बर र स्थायी ठेगाना नेपालीमा नै लेख्नुपर्नेछ ।

१६. फाराम Submit गर्नु अगाडि कतै गल्ति भएको छ कि दोहोन्याएर हेर्नुहोला । Submit गरिसकेपछि सच्याउने सुविधा पाउनु हने छैन ।

१७. फाराम समयमै भर्नु भएमा सहज हृनेछ | त्यसो भयो भने पछि धेरैजनाले एकै समयमा भर्न खोज्दा आउन सक्ने झञ्झट बाट मुक्त हुन सक्नुहुनेछ

Last updated on Jan 26, 2026

Found this helpful? Share it with your friends.
Related institute

Teachers Service Commission (TSC)

View profile

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.