TLC Banner

अस्थायी शिक्षकले पाउने सेवा सुविधा सम्बन्धी अन्तिम ताकेता सम्बन्धी सूचना

last notice for temporary teachers
last notice for temporary teachers

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय 

विषयः अस्थायी शिक्षकले पाउने सेवा सुविधा सम्बन्धी अन्तिम ताकेता ।

श्री शिक्षा विकास तथा समन्वय इकाइ सवै ।

अस्थायी शिक्षकको रुपमा कार्यरत रही शिक्षा ऐन २०२८ संशोधन सहितको दफा ११च को उपदफा (९) अनुसार सुविधा प्राप्त गर्ने गरी सोही दफाको उपदफा (१०) बमोजिम स्वतः अवकास भएका शिक्षकहरु मध्ये हाल सम्म पनि सुविधाका लागि केही अवकास प्राप्त शिक्षकहरुले आवेदन नगरेको वुझिन आएको हुँदा त्यस्ता शिक्षकहरुले २०७६।०४।१५ गते भित्र सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा अनिवार्य रुपमा आवश्यक कागजात सहित आवेदन गर्नहुन अन्तिम ताकेता गरिएकोछ । सम्बन्धित इकाइहरुले आफ्नो जिल्ला भित्रका अवकास प्राप्त शिक्षकहरुलाई तोकिएको म्याद भित्र आवदेन नगरी सेवा सुविधाबाट वंचित भएमा सम्बन्धित व्यक्ति स्वयं जिम्मेवार हुने सूचना प्रवाह गरी पेश हुन आएका फाइल समयमै विद्यालय शिक्षक कितावखानामा पठाउने व्यवस्था मिलाउन हुन समेत निर्देशानुसार अनुरोध छ ।

मितिः २०७६।०३।२९

Last updated on May 15, 2026

Found this helpful? Share it with your friends.
Related institute

Ministry of Education and Sports (MoES)

View profile

Services offered 1

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.