The London College Top Banner Ad

नेपाल बैङ्कले गर्‍यो विद्यालयलाई ५० लाख सहयोग

Nepal Bank Limited Donation to School

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले हाल मुलुकमा दुईखाले शिक्षाको कारण धनी र गरिब वर्गबीचको खाडल झन्झन् बढ्दै गएको तथ्य मनन गरी सार्वजनिक विद्यालयमा शैक्षिक गुणस्तर बृद्धि गर्न लागिएको बताउनुभएको छ । नेपाल बैङ्क लिमिटेडद्वारा शनिबार बाराको चैनपुरस्थित नेपाल राष्ट्रिय आधारभूत माध्यमिक विद्यालयको निर्माणका लागि ५० लाख नगद सहयोग हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षामन्त्री पोखरेलले सार्वजनिक शिक्षालाई प्रोत्साहित गर्न सबै वर्ग र समुदायको सहयोग आवश्यक रहेको कुरामा जोड दिनुभयो ।

शिक्षामन्त्री पोखरेलले अहिले मुलुकमा संघीय संविधान लागु भई राज्यको कार्यकारी अधिकार केन्द्र, प्रदेश र स्थानीय तहका सरकारहरुमा गई सकेको अवस्थामा समाजवाद उन्मुख समाज निर्माणका लागि राज्यको शिक्षा नीति निर्माण गर्ने र त्यसलाई लागु गर्ने चुनौती रहेको बताउनु भयो ।

मन्त्री पोखरेलले सरकारी विद्यालयलाई जागिर खाने थलो मात्र नबनाई समाज परिवर्तन गर्ने अभियानमा गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकहरुलाई निर्देशन दिनुभयो ।

उहाँले सरकारी कर्मचारीका छोराछोरीलाई अब सरकारी विद्यालयमा नै पढाउनु पर्ने र यसको कार्यान्वयनमा सरकार कडा रुपमा प्रस्तुत हुने बताउदै सरकारी कर्मचारीले आफना छोराछोरी समुदायिक विद्यालयमा पढाउँदा विद्यालयको गुणस्तर आफै सुध्रने दावी समेत गर्नुभयो ।

नेपाल बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व शीर्षकमा हावाहुरीबाट क्षतिग्रस्त तथा जीर्ण विद्यालय भवन निर्माणका लागि ५० लाख रुपैयाँ उपलब्ध गराएको बैंकका कार्यकारी अध्यक्ष बासुदेव अधिकारीले जानकारी दिनुभयो । - गो.प.मा प्रकाशित

Nepal Bank Limited (NBL)

New Road, Kathmandu

Estd. 1956

public

+977-1-5971222

Comments