The London College Top Banner Ad

माध्यमिक तहको नेपाली विषयको सुदुरपश्चिमाञ्चल क्षेत्रको नतिजा नामावली सहित - शिक्षक सेवा आयोग

Teachers Service Commission Result Nepali Sudurpaschim

नेपाल सरकार शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुर

खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा तथा अन्तर्वार्ता सम्बन्धी

यस आयोगबाट प्रकाशित स्थायी शिक्षक पदपूर्तिको लागि भएको विज्ञापन बमोजिम मिति २०७५।०६॥११ गते लिइएको माध्यमिक तह, तृतीय श्रेणीको लिखित परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुमध्ये देहायका उम्मेदवारहरुलाई रोल नं.को सिलसिलेवार रुपमा देहायको मिति, समय र स्थानमा हुने अन्तर्वार्ताको लागि छनौट गर्ने आयोगको मिति २०७६०१।१७ गते निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

नतिजा प्रकाशित भएको क्षेत्र: सुदुरपश्चिमाञ्चल

नतिजा प्रकाशित भएको विषय: नेपाली 

पुनश्च: शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम २० (४) अनुसार समान वा माथिल्लो तहमा सिफारिस भइ सकेका व्यक्तिको नाम यस नतिजाबाट हटाईएको छ । साथै, हटाउन छुट भएको तथ्यगत प्रमाण पेश हुन आएमा नियमानुसार हुनेछ | 

अन्तर्वार्तासम्बन्धी कार्यतालिका

  • विषय: नेपाली
  • अन्तर्वार्ता हुने स्थान: शिक्षक सेवा आयोग, सानोठिमी, भक्तपुर
  • मिति र समय: २०७६/०१/३०  दिउसो १२: ३० बजे

लिखित परीक्षाको नतिजामा चित्त नवुझि पुनर्योग गर्न चाहने उम्मेदवारले मिति २०७६/०१/२४ गते कार्यालय समय भित्र आयोगको कार्यालय सानोठिमी, भक्तपुरमा रु. ५००।- राजस्व दस्तुर बुझाइ प्रवेशपत्रको प्रतिलिपि सहित निवेदन दिन सक्नेछन्‌ ।

अन्तर्वार्तामा आउँदा उम्मेदवारहरूले ल्याउनुपर्ने कागजातहरू र अन्य जानकारी

१. आफ्नो अन्तर्वार्ता हुने दिन प्रत्येक उम्मेदवारले अन्तर्वार्ता केन्द्रमा अनिवार्य रुपमा व्यक्तिगत विवरण फाराम भर्नु पर्नेछ ।

२. उम्मेदवारले देहायका सक्कल कागजात र सबै कागजातका एक /एकप्रति प्रतिलिपि आफैले प्रमाणित गरी ल्याउनु पर्नेछ ।

क) नागरिकताको प्रमाण पत्र

ख) प्रवेश पत्र

ग) अध्यापन अनुमति पत्र

घ) एसएलसी र सोभन्दा माथिल्लो शैक्षिक योग्यताको ट्वान्सक्रिप्ट र चारित्रिक प्रमाण-पत्र

च) समावेशी समूहबाट अन्तर्वार्ता दिन आउने उम्मेदवारले आफ्‌ उक्त समूहमा पर्ने भनी प्रमाणित गरिएको सक्कल कागजात

छ) विदेशी संस्थावाट शैक्षिक उपाधि हासिल गरेको भए समकक्षताको प्रमाणपत्र

ज) हालसालै खिचिएको पासपोर्ट साइजको एकप्रति फोटो । 

३. शिक्षक पदमा कार्यरत रही हाल अन्तर्वार्तामा सामेल हुन आएका उम्मेदवारले आफ्‌ जुन तहको अन्तर्वार्तामा सामेल हुने हो सोही तह र श्रेणीको स्वीकृत दरबन्दी (लियन र राहत समेत) मा अविच्छिन्न सेवा गरेको भनी सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाई प्रमुखले नै प्रमाणित गरिदिएको सक्कल कागजात ।

४. उम्मेदवारले ल्याएका सबै सक्कल प्रमाणपत्रका प्रतिलिपि, अविच्छिन्न सेवा प्रमाणितको सक्कलै कागजात र आयोगबाट उपलब्ध गराइएको व्यक्तिगत विवरण फाराम सहितको कागजातहरुको पञ्जीकरण तयार गरी पेश गर्नुपर्नेछ ।

५, उल्लिखित सक्कल कागजात लिई नआउने उम्मेदवारलाई अन्तर्वार्तामा सामेल गराइने छैन ।

६. कुनै उम्मेदवारले अन्तर्वार्तामा आफू सफल हुने मनसायले कसैलाई भनसुन गरेको, फोन गरेको र व्यक्तिगत प्रलोभनमा पारेको पाइएमा त्यस्ता उम्मेदवारको परीक्षा आयोगले रद्‌ गर्न सक्नेछ ।

७. आयोगको पूर्व सूचना विना अन्तर्वार्ताको निर्धारित कार्यक्रम परिर्वतन वा स्थगित हुने छैन ।

५. नतिजा प्रकाशनसम्बन्धी कुनै त्रुटि पाइएमा आयोगमा रहेको अभिलेखसँग भिडाई सच्याइने छ ।

यस सम्बन्धी अन्य जानकारी आयोगको Website www.tsc.gov.np वाट लिन सकिनेछ ।

 

Teachers Service Commission (TSC)

Sanothimi, Bhaktapur

Estd. 2002

government

+977-1-6637873

Comments