शिक्षक सेवा आयोग, सानोठिमी, भक्तपुर
खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सम्बन्धी सूचना शिक्षक सेवा आयोगबाट मिति २०७५,/०६,/११ मा लिइएको माध्यमिक तह, तृतीय श्रेणीको खुला प्रतियोगितात्मक लिखित परीक्षाको तपसिलमा उल्लेखित क्षेत्र र विषयहरुको नतिजा यस आयोगको वेवसाइट मार्फत प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । नतिजाको विस्तृत विवरण सहितको पि.डि.एफ. फाइल नतिजाको प्रकाशित भएको केहि समय पश्चात अपलोड गरिने छ साथै उक्त नतिजाको परीक्षाफल एस.एम.एस सेवावाट पनि लिन सकिनेछ । त्यसका लागि उम्मेदवारले 150 स्पेस आफनो रोल नं. टाइप गरी इन्टर थिची ३१००७ नम्बरमा एस.एम.एस गरी परीक्षाफल सम्बन्धी जानकारी लिन सक्नेछ ।
जस्तैः गुल्मीको रोल नं.४६३०१००००४ को परीक्षार्थीले आफनो नतिजा जानकारी लिनका लागि मोवाइलको मेसेज बक्समा गई TSC स्पेस 4630300004 टाइप गरी 31007 मा मेसेज पठाउने ।
तपसिल:
नतिजा प्रकाशित भएको क्षेत्र: मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल
नतिजा प्रकाशित भएको विषय: नेपाली