TLC Banner

राष्ट्रिय परीक्षा बोर्ड द्धारा कक्षा ११ र १२ को परिक्षा सम्बन्धी अत्यन्त जरुरी सूचना प्रकाशित

NEB Published Urgent Notice Regarding Grade 11 and 12 Examination
NEB Published Urgent Notice Regarding Grade 11 and 12 Examination

National Examination Board (NEB) Published Urgent Notice Regarding Grade 11 and 12 Examination:

राष्ट्रिय परीक्षा बोर्डबाट २०७६ साल वैशाख १५ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने कक्षा १२ र २०७६ साल वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म सञ्चालन हुने कक्षा ११ को वार्षिक परीक्षामा सहभागी हुन पाउने परीक्षार्थीहरूले यस बोर्डको वेवसाइट www.neb.gov.np को Student Exam Memo मा गई आफ्नो कक्षा र रजिष्ट्रेशन नम्बर इन्ट्री गरेपछि परीक्षार्थीको सिम्बोल नम्बर, नाम, थर, जन्ममिति, परीक्षा दिने विषय, विषय कोड नम्बर, विद्यालयको नाम/ठेगाना हेर्नसक्ने व्यवस्था मिलाइएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

परीक्षार्थीले प्राप्त गरेको प्रवेशपत्रमा उल्लेखित विवरण यस Student Exam Memo विवरणसँग रूजु गर्दा परीक्षाको प्रवेशपत्रसँग हुवहु मिलेको अवस्थामा केही गर्नु नपर्ने । यदि सिम्बोल नम्बर, नामको हिज्जे, थर, जन्ममिति, जाँच दिने विषय, विषय कोड नम्बर, विद्यालयको नाम/ठेगाना फरक परेमा सम्बन्धित परीक्षार्थीले जे-जुन कुरामा फरक परेको हो उक्त व्यहोरा खुलाई तपसिलअनुसारको प्रमाण कागजातको फोटोकपी संलग्न गरी सम्बन्धित विद्यालयका प्र. अ. वा केन्द्राध्यक्षलाई निवेदन दिनुहुन एवं सिम्बोल नम्बर फरक परेमा Student’s Memo अथवा परीक्षा केन्द्रमा रहेको टिप्लिकेटको अभिलेख अनुसार सम्बन्धित केन्द्राध्यक्षले सच्याइदिने र सोही अनुसारको व्यहोरा यथाशिघ्र बोर्डका सम्बन्धित कार्यालयमा सिफारिस गरी पठाउनुहुन अनुरोध छ।

तपसिल :

१. नाम, थर, र जन्ममिति फरक परेमा SEE /SLC को मार्कसिटको फोटोकपी र प्रवेशपत्रको फोटोकपी,

२. विषय फरकपरेमा प्रवेशपत्रको फोटोकपी ।

Last updated on Jan 27, 2026

Found this helpful? Share it with your friends.
Related institute

NEB - National Examinations Board

View profile

Services offered 3

Comments 0

Be respectful. Comments are public.

No comments yet. Be the first to start the conversation.